पर्वत प्रशासन कार्यालयमा स्तनपानकक्ष

हिमाल प्रेस ८ माघ २०७९ ८:४०
4
SHARES
पर्वत प्रशासन कार्यालयमा स्तनपानकक्ष

पर्वत- जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपानकक्ष निर्माण गरेको छ।

पछिल्लो समय लैंगिक विषयका मुद्दा महत्त्वका साथ उठिरहेको बेला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए।
उनका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो। बिहीबारदेखि स्तनपानकक्ष सञ्चालनमा ल्याइएको छ।

जिल्ला प्रशासनमा सुरुआतसँगै जिल्लाका सबै सरकारी कार्यालयमा सेवाग्राहीका लागि स्तनपानकक्ष, खानेपानीको व्यवस्थालगायत सेवाग्राहीमैत्री वातावरण बनाउन प्रजिअ सापकोटाले कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।

‘कार्यालयमा काम लिएर आउने कतिपय महिलासँगै स्तनपान गर्ने बच्चासमेत आउँछन्, सार्वजनिक स्थानमा लाजका कारण उनीहरूले दूध नखुवाउने गरेका कारण, बच्चाहरू समस्यामा पर्ने, रुने कराउने हुन्छ त्यसैले स्तनपानकक्ष बनाएका हौँ,’ सापकोटाले भने।

प्रकाशित: ८ माघ २०७९ ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =