इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्ने उपसभामुख रानामगरको प्रतिबद्धता

हिमाल प्रेस ७ माघ २०७९ १९:३८
2
SHARE
इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्ने उपसभामुख रानामगरको प्रतिबद्धता प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना मगर । तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमानदारीका साथ पूरा गर्नेे प्रतिवद्धता व्यक्त गरेकी छन्।

उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै उनले विपक्ष दलका सांसदहरुले समेत उठाएका मुद्दाहरूलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमानदार प्रयास रहने बताएकी हुन्।

उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसदको कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताइन्।

नेपाली जनताको अधिकारलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ थियो। उनले भनिन्, ‘नेपालको संविधानले व्यवस्था गरेको भूमिकालाई म इमानदारीसाथ पूरा गर्नेछु। गठबन्धनदेखि लिएर विपक्ष पार्टीका सम्पूर्ण माननीयज्यूहरुलाई उठाएका इस्यूलाई एकदम तटस्थ भएर सम्माननीय समामुखज्यूसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्ने र अझ प्रभावकारी र मर्र्यादित र सुसंस्कृत गर्ने काम हुन्छ।’

उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढ्ने पनि बताइन्।

प्रकाशित: ७ माघ २०७९ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =