काठमाडौँ- नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुखको पदमा बस्ने व्यक्तिले पार्टी विभाजनमा भूमिका खेल्न नहुने बताएका छन्।
शनिबारको प्रतिनिधि सभा बैठकमा उपसभामुखको उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्ने क्रममा उनले सभामुखलाई निष्पक्ष भूमिका खेल्न सुझाएका हुन्।
कुनै राजनीतिक दलको स्वार्थमा सभामुख जाँदा इतिहासमा त्यसलाई कालो रुपमा सम्झने उनको चेतावनी छ।
‘म यहाँ कसैप्रति लक्षित गर्न चाहन्न। पुराना सभासदको नाम पनि बिर्सिसकेँ। तर फर्केर हेर्दा नेपाल कम्युनिस्ट पार्टी एमालेलाई तत्कालीन स्थितिमा एमालेबाट माले बनाउन अरु कसैले भूमिका खेलेन, सभामुख जस्तो गरिमामय पदबाट त्यो भूमिका खेलियो’, उनले भने।
प्रकाशित: ७ माघ २०७९ १४:०६ | Saturday, January 21, 2023
प्रतिक्रिया





