सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

हिमाल प्रेस ६ माघ २०७९ २१:१२ | Friday, January 20, 2023
सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको छ। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद कोइरीलाई पक्राउ गर्न शुक्रबार गृहले निर्देशन दिएको हो।

गृहले शुक्रबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले मौखिक आदेश दिँदा सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको हस्ताक्षरमा जारी विज्ञप्तिअनुसार निज कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको छ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरीमाथि प्रेम बहादुर विकले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए। ‘निज प्रतिवादीलाई कानुनबमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ माघ २०७९ २१:१२ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast