सभामुख घिमिरेले त्यागे एमालेको सदस्यता

हिमाल प्रेस ६ माघ २०७९ १०:३२
4
SHARES
सभामुख घिमिरेले त्यागे एमालेको सदस्यता सभामुखमा उम्मेदवारी दिएपछि एमालेका देवराज घिमिरे। तस्बिर : हिमालप्रेस

काठमाडौँ- नवनिर्वाचित सभामुख देवराज घिमिरेले नेकपा एमालेको सदस्यता त्यागेका छन्। आज एक विज्ञप्ति निकाल्दै पार्टीको राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको जनाएका छन्।

निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्नका लागि आफूले पार्टीबाट राजीनामा दिएको उनले बताएका छन्।

उनी एमालेको स्थायी कमिटी सदस्य र प्रदेश नं. १ को एमालेको इन्चार्जको जिम्मेवारीमा थिए। लामो समयदेखि पार्टी राजनीतिमा रहेका घिमिरे झापा २ मा प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

 

प्रकाशित: ६ माघ २०७९ १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast