मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु

हिमाल प्रेस ५ माघ २०७९ ८:२३
2
SHARE
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु सांकेतिक तस्बिर।

बारा- बारामा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। बारा कलैया उपमहानगरपालिका–१४ लक्ष्मीनियास्थित सडकमा म प्र–०३–०२५ प ३९५८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक कलैया उपमहानगरपालिका–१४ जितपुर बस्ने ३५ वर्षीय अरुन चौधरीको मृत्यु भएको छ।

सोहीअनुसार बागलुङ नगरपालिका–८ सिगानास्थित सडकमा बा।२ क ९२५८ नम्बरको टिपर सडकबाट करिब २ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१४ बस्ने ४३ वर्षीय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित: ५ माघ २०७९ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =