काठमाडौँ- नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेका छन्। बुधबार दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरस्थित लोत्से हलमा पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन् ।
घिमिरेको प्रस्तावकमा एमाले सांसद सुवासचन्द्र नेम्वाङ छन् भने समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन छन्।
प्रतिनिधिसभाको सभामुख चयनका लागि आज (बुधबार)देखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ। घिमिरे गत मंसिर ४ को निर्वाचनमा झापा २ बाट निर्वाचित हुन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन्।
प्रकाशित: ४ माघ २०७९ १३:०८
प्रतिक्रिया