सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने कांग्रेसको तयारी

हिमाल प्रेस ४ माघ २०७९ १२:००
10
SHARES
सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने कांग्रेसको तयारी

काठमाडौँ- नेपाली कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने तयारी गरेको छ। तर कांग्रेसले औपचारिक निर्णय गरेको छैन।

आज बिहान बसेको पदाधिकारी बैठकले  सर्वसम्मतिबाट उम्मेदवार चयन गर्न अन्य दलसँग छलफल गर्ने नभए न्यौपानेलाई अघि सार्ने समझदारी छ।

सभामुख चयनकै लागि कांग्रेस संसदीय दलको बैठक बैठक १ बजे सिंहदरबारमा बस्दैछ।

कैलालीकी ईश्वरी न्यौपाने कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। उनीसँग लामो समय नेपाल महिला संघमा रहेर काम गरेको अनुभव छ। यसैगरी उनी केही समय कांग्रेसमा महिला विभाग प्रमुखसमेत भएर काम गरेकी व्यक्तित्व हुन्।

न्यौपाने २०७४ को चुनावमा कैलाली १ बाट पराजित भएकी थिइन्। यसपटक उनी समानुपातिक सांसद बनेकी हुन्। यसअघि कांग्रेस सचेतक रहेकी न्यौपाने पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।

 

 

 

प्रकाशित: ४ माघ २०७९ १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =