वर्षमान पुनको स्वास्थ्यस्थिति बुझ्न अस्पताल पुगे उपराष्ट्रपति र अर्थमन्त्री

हिमाल प्रेस ४ माघ २०७९ ९:४१
6
SHARES
वर्षमान पुनको स्वास्थ्यस्थिति बुझ्न अस्पताल पुगे उपराष्ट्रपति र अर्थमन्त्री

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यस्थिति बुझ्न उपराष्ट्रपति नन्दबहादुर पुन र अर्थमन्त्री विष्णु पौडेल अस्पताल पुगेका छन्। उनीहरू बुधबार(आज) ललितपुरस्थित सुमेरु अस्पताल पुगेर पुनलाई भेटेका हुन्।

वर्षमान केही समयदेखि सुमेरु अस्पतालमा उपचार गराइरहेका छन्। उपमहासचिव पुनलाई भेटेर उपराष्ट्रपति र अर्थमन्त्रीले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

उपमहासचिव पुन लामो समयदेखि जण्डिसबाट पीडित छन्। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको चिकित्सकहरूले बताएको पुनको सचिवालयले जनाएको छ।

 

प्रकाशित: ४ माघ २०७९ ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =