काठमाडौँ- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
बुधबार बिहान ९ बजे धुम्बाराहीस्थित अस्थायी निवासमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
प्रतिनिधिसभाको सभामुखको मनोनयन दर्ताको कार्यसूची छ। पदाधिकारी बैठकमा पार्टीले सभामुखमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल हुनेछ।
सत्ता गठबन्धनबाट भने नेकपा एमालेका देवराज घिमिरे उम्मेदवार बन्ने तयारी छ।
हिजोको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठकमा सभामुख पनि सहमतिमा चयन गर्नुपर्ने बताएका थिए।
प्रकाशित: ४ माघ २०७९ ७:१३
प्रतिक्रिया