प्रधानमन्त्रीले भने : सरकारले आजै पूर्णता पाउँछ, विश्वासको मत दिने दलसँग भोलि छलफल छ

हिमाल प्रेस २ माघ २०७९ १५:२७
60
SHARES
प्रधानमन्त्रीले भने : सरकारले आजै पूर्णता पाउँछ, विश्वासको मत दिने दलसँग भोलि छलफल छ फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्‌ विस्तार आजै हुने बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल गरेर बाहिरिनेक्रममा उनले यस्तो बताएका हुन्। ओली निवास बालकोटमा दुई नेताबीच आज पाँच घण्टा लामो छलफल भएको थियो।

‘मन्त्रिपरिषद्‌ले आजै पूर्णता पाउँछ। आजै टुंगिन्छ,’ उनले भने, ‘विश्वासको मत दिने दलसँग भोलि छलफल छ अरू कुरा भोलि नै हुन्छ।’  ओली र दाहालबीचको आजको छलफलमा सभामुख, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल भएको बताइएको छ।

त्यस्तै आज नै दुई नेताले कुन दलले कति मन्त्रालय पाउने भन्नेबारे पनि सहमति गरेका छन्।

सत्ता गठबन्धनको भागबन्डा : एमालेले ८ पाउँदा राप्रपालाई ऊर्जासहित २ मन्त्रालय

प्रकाशित: २ माघ २०७९ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =