मधेश प्रदेशसभाको बैठक स्थगित

हिमाल प्रेस २ माघ २०७९ ९:०१
6
SHARES
मधेश प्रदेशसभाको बैठक स्थगित

जनकपुरधाम- मधेश प्रदेशसभाको आजका लागि निर्धारित बैठक स्थगित गरिएको छ। देशमा राष्ट्रिय शोक घोषणा भएकाले प्रदेशसभाको बैठक रोकिएको हो।

आज प्रदेशसभामा सभामुख पदका लागि मतदान र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची थियो। बैठक भोलि बस्नेछ।

सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल रायले उमेदवारी दिएका छन्।

 

प्रकाशित: २ माघ २०७९ ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast