इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प

हिमाल प्रेस २ माघ २०७९ ८:३१
4
SHARES
इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प

जकार्ता- इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६।० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल)दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको यूएसजीएसले जनाएको छ। भूकम्पले पुर्‍याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन्।

एन्डोनेसियाले प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा रहेको स्थानको कारणले बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिको अनुभव गर्छ।

नोभेम्बर २१ मा जाभाको मुख्य टापुको जनसंख्या भएको पश्चिम जाभा प्रान्तमा ५।६ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो क्षति भएको थियो।

प्रकाशित: २ माघ २०७९ ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =