विवादित फिल्म ‘काली’की निर्देशक लीना सर्वोच्च अदालत पुगिन्

हिमाल प्रेस १ माघ २०७९ १६:४१
16
SHARES
विवादित फिल्म ‘काली’की निर्देशक लीना सर्वोच्च अदालत पुगिन्

काठमाडौँ- भारतीय डकुमेन्ट्री फिल्म ‘काली’की निर्देशक लीना मणिमेक आफूविरुद्ध परेका सबै उजुरी खारेज गर्ने माग गर्दै भारतीय सर्वोच्च अदालत पुगेकी छन्।

केही महिनाअघि उनले आफ्नो फिल्म ‘काली’को पोस्टर सार्वजनिक गरेकी थिइन्। जसमा हिन्दू देवी कालीलाई चुरोट तानिरहेकी थिइन्। पोस्टर सार्वजनिक भएयता लीना र फिल्म दुवै विवादमा परे।

देवी कालीलाई अनुचित तरिकाले चित्रित गरिएको भन्दै उनीविरुद्ध भारतका विभिन्न राज्यमा उजुरी परे। दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, उत्तराखण्डलगायत राज्यमा लीनाविरुद्ध मुद्दा दर्ता भएको थियो। ती सबैलाई रद्द गर्ने अनुरोध उनले सर्वोच्च अदालतसमक्ष गरेकी छन्।

निवेदनमा उनले आफ्नो मनसाय धार्मिक भावनामाथि आघात पु¥याउने नरहेको उल्लेख गरेकी छन्। ‘एक समावेशी देवीको छविलाई चित्रित गर्न चाहन्थेँ,’ निवेदनमा लेखिएको छ।

प्रकाशित: १ माघ २०७९ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast