काठमाडौँ- पोखरामा दुर्घटनाग्रस्त यति एयरको जहाजबाट तीन जना यात्रुलाई जीवितै उद्धार गरिएको छ। काठमाडौँबाट पोखराका लागि उडेको यति एयरको NYT 691, 9N-ANC कलसाइन भएको एटीआर दुर्घटनामा परेको हो।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरु ढकालले हिमालप्रेससँग भने, ‘दुर्घटनास्थलबाट तीन जनाको जीवितै उद्धार भएको हो। उहाँहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। पछिल्लो स्वास्थ्य अवस्थाबारे भने केही जानकारी आइसकेको छैन।’
जहाजमा चालकदलका सदस्यसहित ७२ जना सवार थिए।
प्रकाशित: १ माघ २०७९ १४:१९
प्रतिक्रिया