काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा दुर्घटनाग्रस्त यति एयरको जहाजमा ५३ नेपाली र १५ जना विदेशी यात्रु रहेको बताएको छ। आइतबार बिहान १०ः३२ बजे काठमाडौँ त्रिभुवन विमानस्थलबाट पोखराको लागि उडेको जहाजमा ५३ नेपाली, ५ भारतीय, रसियन ४, कोरियन २, आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रन्सका एक–एक जना रहेको प्राधिकरणले जनाएको छ।
एटीआर ७२ को जहाजमा चालक दलको सदस्यमा पाइलट कमल केसीसहित अन्जु खतिवडा, सृजना होंगचुन, ओसीन आले मगर रहेको प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित: १ माघ २०७९ १४:०० | Sunday, January 15, 2023
प्रतिक्रिया




