पोखरामा विमान दुर्घटना, १६ जनाको शव निकालियो

हिमाल प्रेस १ माघ २०७९ १२:१० | Sunday, January 15, 2023
पोखरामा विमान दुर्घटना, १६ जनाको शव निकालियो

काठमाडौँ- पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बेला विमानस्थल नजिकै सेती खाेचमा विमान दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

विमानमा ६८ यात्रु र चालक दलका चार जना सदस्य रहेको विवरण प्राप्त भएको छ। सेती खोचमा खसेको विमानमा पूर्ण रूपमा आगो लागेको छ। प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका छन्।

प्रहरीका अनुसार अहिलेसम्म १६ जनाको शव निकालिएको छ।

प्रकाशित: १ माघ २०७९ १२:१० | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast