माघ ३ गते सर्वदलीय बैठक

हिमाल प्रेस ३० पुष २०७९ १६:४१
72
SHARES
माघ ३ गते सर्वदलीय बैठक फाइल तस्बिर।

काठमाडौँ- माघ ३ गते सर्वदलीय बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बस्ने बताएका हुन्। बैठकका लागि आइतबार सबैलाई खबर हुने जानकारी दिए। माघ ५ मा सभामुखको निर्वाचन हुँदैछ।

‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु। सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ,’ उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन । अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ।’

सत्तारुढ दलहरूबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ।

प्रकाशित: ३० पुष २०७९ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nine =