कान्ति बाल अस्पतालमा इन्डोस्कोपी सेवा पुनः सञ्‍चालन

हिमाल प्रेस ३० पुष २०७९ १५:५७
6
SHARES
कान्ति बाल अस्पतालमा इन्डोस्कोपी सेवा पुनः सञ्‍चालन

काठमाडौँ– कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा सुरु गरेको छ। दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो। अस्पतालका कार्यकारी निर्देशक डा. युवानिधि बसौलाले एक महिनादेखि इन्डोस्कोपी सेवा प्रदान गरिएको जानकारी दिए।

इन्डोस्कोपी मुखदेखि पेटसम्म समस्या पहिचान गर्नका लागि गरिन्छ। सरकारी अस्पताल कान्तिमा मात्र बालबालिकाको इन्डोस्कोपी सेवाको सुविधा रहेको छ। अस्पतालमा इन्डोस्कोपी नहुँदा बाहिर निजी अस्पतालमा बालबालिकालाई उपचारका लागि पठाउनुपर्ने बाध्यता रहेको थियो।

‘हप्ताको एक दिन मंगलबार मात्र इन्डोस्कोपी गर्ने गरिएको छ,’ डा. बसौलाले भने। अस्पतालले कोलोनोस्कोपी सेवासमेत सुरु गरेको छ। कोलोनोस्कोपीमा दिसा आउने भाग वा मलद्वारबाट पाइप छिराएर मलद्वारको भित्री अवस्था र ठूलो आन्द्राको अवस्था परीक्षण गरिन्छ।

यस्तै अस्पतालले कलेजोको बायोस्पी सेवासमेत एक महिनादेखि सञ्चालन छ। बालबालिकामा कलेजोको समस्या हुने भएकाले एक महिनादेखि सेवा सुरु गरिएको कार्यकारी निर्देशक डा. बसौलाले जानकारी दिए।

कलेजको मासु बढेको, कलेजोमा केही रोग देखिएमा बालबालिकामा कलेजोको बायोस्पी गर्ने गरिन्छ। ३ सय ३० शय्याको अस्पतालमा दैनिक ६ सयभन्दा बढी बालबालिका उपचारका लागि आउने गरेका छन्। १ हजार शय्याको अति विशिष्टीकृत बाल अस्पताल बनाउने योजना रहेको अस्पतालले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast