नेपाली महिला फुटबल टिमले भारतको भ्रमण गर्ने

हिमाल प्रेस २९ पुष २०७९ १८:२९
12
SHARES
नेपाली महिला फुटबल टिमले भारतको भ्रमण गर्ने

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतीय महिला टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार महिला टिम आउँदो फागुन १ देखि १३ सम्म भारतमा रहनेछ। भारतको निम्तोमा नेपाली टिम त्यता जाने बताइए पनि भाग लिन लागेको प्रतियोगिताबारे खुलाइएको छैन।

शुक्रबार बसेको एन्फाको आकस्मिक बैठकले महिला टिमको भारत भ्रमणमो स्वीकृति दिएको हो। बैठकले पहिलो र दोस्रो श्रेणीका लिग आयोजनाको निर्णयलाई पनि औपचारिकता प्रदान गरेको छ। सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ र सहिद स्मारक ‘बी’ डिभिजन लिग चैत १५ बाट सुरु हुँदैछन्।

यसैगरी बैठकले लिग सञ्चालन समिति पनि गठन गरेको छ। यो समितिको संयोजक एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ हुनेछन्। समितिका सदस्यमा कार्यसमितिका पदाधिकारी र सदस्यहरू रहनेछन्।

बैठकले ‘ए’ र ‘बी’ डिभिजन लिगका लागि टिकट मूल्य पनि तोकेको छ। ‘ए’ डिभिजन लिगमा भीआईपी प्यारापिटतर्फ तीन सय रुपैयाँ र साधारण प्यारापिटतर्फ एक सय रुपैयाँ तोकिएको छ। ‘बी’ डिभिजन लिगमा भने टिकट मूल्य एक सय रुपैयाँ हुनेछ।

शीर्ष डिभिजनको टिकेटिङ अधिकारका लागि न्युनतम एक करोड ५० लाख तथा मुख्य प्रायोजकवाहेक कमर्सियल मार्केटिङ अधिकार खरिदका लागि न्युनतम एक करोड ५० लाख रुपैयाँ तोकेर टेण्डर आह्वान गर्ने पनि निर्णय भएको छ।

यसैगरी तीनवटै श्रेणीका लिग प्रशारण अधिकारका लागि न्युनतम ६० लाख रुपैयाँ तोकेर टेण्डर आह्वान गर्ने निर्णय भएको छ । यसबाहेक सबै डिभिजनका लिग आयोजनामा आवश्यक पर्ने सेवा तथा सामाग्री खरिदको टेण्डर आह्वान गर्ने अधिकार सचिवालयलाई प्रदान गरिएको छ ।

प्रकाशित: २९ पुष २०७९ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =