काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा सभामुखको चुनाव आज पनि हुने भएको छ। हिजो भएको चुनावमा निर्धारित मत नपुग्दा सभामुख चुनिन सकेनन्। आज पुनः निर्वाचन गर्ने जनाइएको छ। सत्ता गठबन्धनबाट माओवादीका भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् ।
हिजो पक्षमा र विपक्षमा गरी दुई पटकसम्म मतदान भएको थियो। पहिलो चरणमा भएको मतदानमा भीम भण्डारीले बहुमत आवश्यक मत २७ पाएपनि विपक्षमा एक सांसदको मत बदर भएपछि उनको मत २६ पुग्यो।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ। हिजो कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे निर्वाचन हुने भएको छ।
प्रकाशित: २९ पुष २०७९ ७:४४
प्रतिक्रिया