यस्तो छ आजको मौसम

हिमाल प्रेस २९ पुष २०७९ ६:५६
4
SHARES
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ।
सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: २९ पुष २०७९ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =