काठमाडौँ– घूस लेनदेनको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले दोषी ठहर गरेको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैदसहितको सजाय सुनाएको हो।
पाठकसँगै नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि दोषी ठहर गरेको छ। आयुक्त पाठक र कलेजका तत्कालीन अध्यक्षको घूस लेनदेनको कुरा गरेको अडियो सार्वजनिक भएको थियो।
प्रकाशित: २८ पुष २०७९ १९:०९
प्रतिक्रिया