एचआईभी संक्रमितमा कुपोषणको समस्या

हिमाल प्रेस २७ पुष २०७९ ९:४८
2
SHARE
एचआईभी संक्रमितमा कुपोषणको समस्या

चितवन- जिल्लामा रहेका एचआईभी संक्रमित कुपोषणको समस्या देखिएको छ। एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्यांकअनुसार जिल्लामा रहेका संक्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ।

कुपोषण हुनेमा महिलाको संख्या धेरै रहेको एएचएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरि सापकोटाले जानकारी दिए। उनका अनुसार संक्रमितमा पिछडा वर्गका समुदायका बढी सङ्ख्यामा कुपोषण समस्या देखिएको छ।

भरतपुर महानगरपालिका, माडी, रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा रहेका संक्रमितमा कुपोषणको समस्या देखापरेको हो । परिवारका सदस्यमा संक्रमण हुँदा आयआर्जनमा समस्या परेकाले कुपोषण देखिने गरेको उनको भनाइ छ।

कुपोषणका कारण एचआइभी एड्स संक्रमित विभिन्न किसिमका समसया देखिने गरेको उनले बताए। उनले भने, ‘कुपोषणका कारण रोगसँग लड्ने क्षमताको विकास नहुँदा अन्य रोगको संक्रम‌ण बढ्दै जान्छ।’

रोगसँग लड्ने क्षमताको विकास नभएपछि शरीरमा भाइरसको संख्या बढ्ने, रक्तअल्पता हुने, दैनिक आर्यआर्जनमा समस्या हुने, क्षयरोग, झाडापखला, घाउ खटिरा हुने, ज्वरो आउने, निमोनिया हुनेजस्ता समस्या भइरहने उनले बताए।

जसका कारण मानव स्वास्थ्यमा नियमित समस्या देखिने गरेको उनको भनाइ छ। एचआइभी एड्स संक्रमणको कुपोषणको समस्या नहोस् भनेर कार्यालयले उनीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ भने स्थानीय सरकारसँग समन्वय गरेर पोषणयुक्त खानाका लागि सहयोग गरेको छ।

अहिले जिल्लामा एक हजार एक सय १० जना सक्रिय संक्रमित रहेका छन्। उनीहरूले नियमित औषधि सेवन गर्ने गरेको उनले जानकारी दिए। सापकोटाका अनुसार सन् २०२२ मा जिल्लामा एक सय १४ जना नयाँ सङ्क्रमित थपिएका छन्।

जसमध्ये ३४ भरतपुर अस्पतालमा र ८० जना जिल्लामा रहेका विभिन्न संघसंस्थाको संक्रियतामा पत्ता लागेका हुन्। यस वर्ष सेन्टरबाट एक सय ४५ नयाँ बिरामीले औषधि सेवन गर्न थालेका छन्। जसमध्ये ३१ जना जिल्ला बाहिरबाट यहाँ आएका हुन्।

यस्तै यस वर्ष जिल्ला छाडेर स्थानान्तरण हुनेको संख्या ४६ जना रहेको उनले बताए।

प्रकाशित: २७ पुष २०७९ ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =