काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। बिहान ८ बजे बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन/नदिनेबारे निर्णय लिने बताइएको छ।
सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए। प्रधानमन्त्रीलाई विश्वासको मत दिन देउवा सकारात्मक देखिएका छन् ।
पदाधिकारीसँग छलफलपछि आजै बिहान ९ बजे बस्ने संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीको आधिकारीक धारणा संसद्हरुसमक्ष राख्ने कार्यक्रम रहेको छ ।
प्रकाशित: २६ पुष २०७९ ७:१२
प्रतिक्रिया