मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीले दिए निर्देशन

हिमाल प्रेस २५ पुष २०७९ ९:२२
2
SHARE
मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौँ- मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न सरकारले पहल सुरु गरेको छ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्दारका लागि पहल लिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्दारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएका छन्।

प्रकाशित: २५ पुष २०७९ ९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =