सप्तरी डाक्नेश्वरी २ का वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

हिमाल प्रेस २५ पुष २०७९ ७:३३
4
SHARES
सप्तरी डाक्नेश्वरी २ का वडाध्यक्ष पुर्पक्षका लागि थुनामा सांकेतिक तस्बिर।

जनकपुरधाम- सप्तरीमा एक वडाध्यक्ष लिखत सम्बन्धी कसुर र नागरिकता किर्ते मुद्दामा फरार रहेका पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर-२ का वडाध्यक्ष ६३ वर्षीय रहमान मियाँ कारागार चलान गरिएका हुन्।
वडाध्यक्ष मियाँसहित २१ जनाले राज्यकोषबाट लक्षित वर्गलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरी फरार भएका थिए।

वडाध्यक्ष मियाँले एउटै व्यक्तिको नाममा दुईवटा नागरिकता नम्बर प्रचलनमा ल्याई सरकारी कोषबाट ८३ लाख ४१ हजार १०८ रुपैयाँ निकासा गरी हिनामिना गरेका थिए । सरकारी कागज तथा नागरिकता किर्ते मुद्दामा फरार रहेका मियाँलाई प्रहरीले सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–८ बाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

सप्तरी जिल्ला अदालतले आइतबार वडाध्यक्ष मियाँलाई पुर्पक्षका लागी कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

प्रकाशित: २५ पुष २०७९ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =