रेशम चौधरीको पार्टी प्रतिपक्षमा बस्‍ने

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे अनिर्णीत

हिमाल प्रेस २४ पुष २०७९ १८:४२
4
SHARES
रेशम चौधरीको पार्टी प्रतिपक्षमा बस्‍ने

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधिसभामा प्रतिपक्षी बेन्चमा बस्ने भएको छ। प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी बेन्चमा बस्ने निर्णय लिइएको नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन्।

‘हामीले प्रतिपक्षी बेन्चमा बस्ने भनेर संसद सचिवालयलाई जानकारी गराएका छौं,’ उनले भनिन्। आइतबार मात्रै सीके राउत नेतृत्वको जनमत पार्टीसँग नाउपाले कार्यगत एकता गरेको छ। आफूहरूका साझा माग पूरा गर्न सरकारलाई दबाब दिनका लागि दुई पार्टीले कार्यगत एकता गरेको बताइएको छ।

प्रकाशित: २४ पुष २०७९ १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =