जबर्जस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

हिमाल प्रेस २४ पुष २०७९ १८:३०
4
SHARES
जबर्जस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

पोखरा– जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा २८, माझठानाका ७१ वर्षीय तारानाथ तिवारी हुन्।

०७६ साल साउन ७ मा उनले अपांगता भएकी नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा खेपेका थिए। निजलाई पुर्पक्षका लागि कारागार कार्यालय कास्कीको थुनामा राखिएकोमा जिल्ला अदालत कास्कीले ०७७ साल असोज २७ को फैसलामा उनले सफाइ पाएका थिए।

तर उच्च अदालतमा परेको पुनरावेदन निवेदनमा भने अदालतले सुरु अदालतको मुद्दा उल्टाई तिवारीलाई १९ वर्ष ३ महिना कैद, १० हजार जरिबाना तथा पीडित नावालिकालाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

उच्च खदालतले गएको वैशाख १४ सो फैसला गरेकोमा प्रतिवादी तिवारी हालसम्म फरार थिए। उनलाई कास्की प्रहरीले पुस २२ मा उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

प्रकाशित: २४ पुष २०७९ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =