प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

हिमाल प्रेस २४ पुष २०७९ १७:४२
16
SHARES
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी– प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्ति भएका छन्। संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेशसभाका ६० सांसदहरूको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। उनी प्रदेश १ का चौथो मुख्यमन्त्री बनेका छन्।

कार्कीले एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) गरी ६० सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए। प्रदेश १ मा सत्तागठबन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन्।

प्रदेश १ मा यसअघि एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एसबाट राजेन्द्र राई मुख्यमन्त्री बनिसकेका छन्। नवनियुक्त कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्वाचन क्षेत्र झापा ५ (क)बाट निर्वाचित सांसद् हुन्। प्रदेशका सहइन्चार्ज रहेका उनी पार्टी स्थायी कमिटी सदस्य हुन्।

प्रकाशित: २४ पुष २०७९ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =