सरकारलाई विश्‍वासको मतबारे लोसपा अनिर्णीत

'कांग्रेससँगको गठबन्धन टुटेको छैन'

हिमाल प्रेस २४ पुष २०७९ १७:०७
6
SHARES
सरकारलाई विश्‍वासको मतबारे लोसपा अनिर्णीत आइतबार बसेको केन्द्रीय कार्यकारिणी बैठकमा लोसपा नेताहरू।

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले सरकारलाई विश्वासको मतबारे निर्णय गर्न सकेन। आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारलाई विश्वासको मत दिनेबारे निर्णय गर्न नसकेको हो।

बैठकपछि अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अहिले पनि कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा रहेकाले कांग्रेसको धारणा आएपछि मात्रै सरकारलाई विश्वासको मतका विषयमा आफ्नो पार्टीले धारणा तय गर्ने बताए।

सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबाट औपचारिक प्रस्ताव नआएकाले अहिले नै यो विषयमा निर्णय नगरिएको अध्यक्ष ठाकुरको भनाइ छ।

आधिकारीक रूपमा प्रस्ताव आए सरकारमा सहभागी हुने विषयमा आवश्यक छलफल गर्न सकिने बताउँदै उनले सरकारको न्यूनतम साझा कार्यक्रममा आफुहरूको केही माग पनि समावेश भएको र त्यसअनुसार काम हुन्छ वा हुन्न भन्ने हेर्न बाँकी रहेको जनाए।

कार्यकारिणी बैठकले मधेश प्रदेश संसदीय दलको विधानलाई अनुमोदन गरिएको पनि उनले जानकारी दिए।

प्रकाशित: २४ पुष २०७९ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 13 =