६० सांसदको समर्थनसहित मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस

हिमाल प्रेस २४ पुष २०७९ १६:३०
30
SHARES
६० सांसदको समर्थनसहित मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस हिक्मत कार्की । फाइल तस्बिर

इटहरी– प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्कीले ६० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। प्रदेशसभामा रहेका ९३ मध्ये नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेक अरू सबै दलको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् । प्रदेश प्रमुख खापुङले आइतबार (आज) साँझ सम्मको समयसीमा दिएका थिए। ९३ सदस्यीय प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ प्रदेश सांसद छनोट हुने संवैधानिक व्यवस्था छ। जसअनुसार प्रदेश १ मा सबैभन्दा ठूलो दल रहेको एमालेसँग ४० सांसद छन्।

दोश्रो स्थानमा रहेको कांग्रेससँग २९ जना सांसद छन् भने तेश्रो स्थानमा रहेको माओवादी केन्द्रसँग १३ सांसद छन्। राप्रपासँग ६, नेकपा एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सांसद छन्। प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपाको मत जोड्दा ६० सिट पुग्छ। ९३ जनाको प्रदेशसभामा बहुमतका लागि ४७ जना आवश्यक पर्छ।

मुख्यमन्त्रीका दाबेदार कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्वाचन क्षेत्र झापा ५ (क)बाट निर्वाचित सांसद हुन्।

प्रकाशित: २४ पुष २०७९ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =