जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता

हिमाल प्रेस २४ पुष २०७९ १५:४१
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता

काठमाडौँ– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता भएको छ। सरकारलाई १२ सूत्रीय माग राख्दै दुवै पार्टीहरूका तर्फबाट नेताहरूले कार्यगत एकता भएको जनाएका छन्।

दुई पार्टीले राख्दै आएका साझा मागहरू पूरा गराउन सरकारलाई दबाब दिनका लागि कार्यगत एकता गरिएको दुई पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

टीकापुर घटनाका बन्दीहरूलगायत रेशम चौधरी रिहा हुनुपर्ने, सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संसदबाट पारित गराई कार्यान्वयन गर्नुपर्ने, उच्चस्तरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, आन्दोलनका क्रममा दुवै पार्टीका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने, तत्कालीन स्वतन्त्र मधेश गठबन्धनबीचमा भएको ११ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, नागरिकता समस्या समाधान गर्नुपर्नेलगायत १२ बुँदै माग राख्दै दुई पार्टीबीच कार्यगत एकता भएको हो।

प्रकाशित: २४ पुष २०७९ १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =