सरकारलाई विश्‍वासको मतबारे निर्णय गर्न लोसपा कार्यकारिणी समितिको बैठक जारी

हिमाल प्रेस २४ पुष २०७९ १५:२०
10
SHARES
सरकारलाई विश्‍वासको मतबारे निर्णय गर्न लोसपा कार्यकारिणी समितिको बैठक जारी आइतबार बसेको केन्द्रीय कार्यकारिणी बैठकमा लोसपा नेताहरू।

काठमाडौँ– सरकारलाई विश्वासको मतबारे निर्णयका लागि लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)को केन्द्रीय कार्यकारिणी समिती बैठक बसेको छ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी बैठकमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे पार्टीका नेताहरूको धारणा बनाउन बैठक बोलाइएको लोसपाका कार्यकारिणी सदस्य डा. सुरेन्द्रकुमार झाले जानकारी दिए।

‘पार्टीको संगठन सुदृढीकरण, निर्वाचनको समीक्षा, मधेश प्रदेश संसदीय दलको विधान संशोधनलगायत एजेन्डामाथि बैठकमा छलफल हुनेछ,’ उनले भने। पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरू सहभागी छन्। लोसपाको प्रतिनिधिसभामा ४ जना सांसद छन्।

प्रकाशित: २४ पुष २०७९ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =