आहा रारा पोखरा गोल्डकपको फाइनल आज : प्रतिस्पर्धामा संकटा र बिवाइएससी

हिमाल प्रेस २३ पुष २०७९ १२:०७
8
SHARES
आहा रारा पोखरा गोल्डकपको फाइनल आज : प्रतिस्पर्धामा संकटा र बिवाइएससी

पोखरा- अमेरिकाको भुटनीज युथ स्पोर्टस् क्लब मिनिसोटा र संकटा क्लब २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आज फाइनल प्रतिस्पर्धामा उत्रिदैछन्। पाहुना टोलीको पहिलो पल्ट उपाधि जितेर फर्किने लक्ष्य छ भने संकटा १९ औं संस्करणको जस्तै उपाधि दोहोर्‍याउने दाउमा हुनेछ।

बिवाईएससीका प्रशिक्षक प्रदीप हुमागाईंले पहिले पनि आफूले यहाँबाट उपाधि चुमेको स्मरण गर्दै अहिले पनि जितेर जाने बताए। उनले विपक्षी संकटामा राष्ट्रिय प्लेयर भएकोले आफूहरूलाई पनि नयाँ अनुभव हुने उनको भनाइ छ।
संकटाका प्रशिक्षक सल्यान खड्गी फुटबल फिजिकलले मात्र नखेलिने गेम भएकोले आफूहरु पनि सोही अनुरुप उपाधि जितमा तयार रहेको बताउँछन्।
आहारारामा संकटाको यो सहित आठौं पटकको सहभागिता हो। पहिलोपल्ट उपाधि चुम्दा उसले विदेशी टिम अफ्रिकन रुट्स्लाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको थियो। गत वर्ष भने संकटा तेस्रो क्वाटरफाइनलबाटै घर फर्किएको थियो।

पहिलो सेमिफाइनलमा साविक विजेता एपिएफ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै संकटा फाइनल पुगेको छ। सिधैं क्वाटरफाइनल खेलेको संकटाले त्रिभुवन आर्मी क्लबको चुनौती ३–१ ले पन्छाएको थियो।
तर गत वर्षदेखि मात्रै आहारारामा सहभागिता जनाउन थालेको बिवाईएसीले यसपालि उत्कृष्ट लय समात्दै फाइनल यात्रा तय गरेको हो।

दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० ले पराजित गर्दै उसले संकटासँग उपाधि भिडन्त सुनिश्चित गरेको हो। अन्तिम क्वाटरफाइनलमा भने मनाङलाई १–० ले हराएको थियो। अघिल्लो पटक बिवाईएसी पहिलो क्वाटरफाइनलमा एपिएफसँग ३–१ ले हार्दा पहिलो खेलबाटै बिदा लिन पुगेको थियो।

रोचक त के छ भने ११ औं संस्करणमा थ्रिस्टारले टिमको लागि तेस्रो पल्ट उपाधि जित्दा प्रदीप हुमागाईँ नै प्रशिक्षक थिए। अहिले उनी शारीरिक रुपमा सुगठित खेलाडी लिएर ५ करोड बढी खर्चिदैं समुद्रपारबाट पोखरामा फुटबल खेल्न आएका हुन्।

क्याराभानसहित आहारारामा सर्वाधिक विजेता टिम विभागीय नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लब हुन्। उनीहरुले ६–६ पटक उपाधि चुम्दा थ्रि स्टारको नाममा ५ पटक उपाधि जीतको इतिहास छ। यस्तै, संकटासहित, आयोजक सहारा क्लब पोखरा, विभागीय एपिएफ र अफ्रिकन युनाइटेड क्लबले १–१ पटक उपाधि जितेका छन् ।
विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार प्राप्त गर्ने छन्।

१० टिमले भाग लिएको प्रतियोगिता १४ पुसदेखि सुरु भएको हो। प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउ हो।

प्रकाशित: २३ पुष २०७९ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast