प्रधानमन्त्रीसँग रासस अध्यक्ष झासहितको टोलीको भेट

हिमाल प्रेस २३ पुष २०७९ १०:३०
8
SHARES
प्रधानमन्त्रीसँग रासस अध्यक्ष झासहितको टोलीको भेट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तापश्चात प्रमसँग राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई र प्रशासन प्रमुख शीतलप्रसाद महतो । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्वराज राईसहित राष्ट्रिय समाचार समिति (रासस)को टोलीले भेट गरी सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले रासस राज्यको समाचार समिति भएकाले यसको विकास र सुधारका लागि सरकार तयार रहेको बताए। उनले भने, ‘राससले पछिल्ला दिनमा राम्रो काम गरिरहेको जानकारी पाएको छु, सुधार र विकासका लागि सहयोग गर्न सरकार तयार छ।’

यसअघि अध्यक्ष झाले प्रधानमन्त्री दाहाललाई कार्यकालको सफलताका लागि बधाई ज्ञापन गर्दै राज्यको महत्वपूर्ण सञ्चारमाध्यम भएकाले सरकारको नीति निर्देशन अनुरुप अघि बढिरहेको बताए। उनले भने, ‘राससको विकास र विस्तारका लागि सरकारबाट हुने जुनसुकै आवश्यक निर्देशन कार्यान्वयनमा हामी तयार छौँ।’

टोलीमा प्रशासन प्रमुख शीतलप्रसाद महतो सहभागी थिए। देशको एकमात्र समाचार समितिको रुपमा राससले नेपाली, अंग्रजी अन्तर्राष्ट्रिय, फोटो, श्रव्यदृश्य (भिजुअल), श्रव्य सेवासहितका समाचार सामग्री छापा, प्रसारण र अनलाइनलागयतका आमसञ्चार माध्यमलाई प्रदान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =