सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा

हिमाल प्रेस २३ पुष २०७९ ९:३८
2
SHARE
सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौँ- काठमाडौँको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ ।

टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो । राति ८ बजे लागेको आगलागी ९ बजे पूर्णरुपमा नियन्त्रणमा आएकोे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

आगलागी नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाबाट एक, बालाजु औद्योगिक क्षेत्रबाट एक, बूढानीलकण्ठ नगरपालिकाको एक र प्रहरी वाटर क्यानन एक गरी चारवटा दमकल र पाँचवटा पानीको ट्यांकर प्रयोग गरिएको थियो।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको एक सय ७५ जनाको टोली घटनास्थलमा खटाइएको थियो। एउटा टहरोको पसलबाट सुरु भएको आगलागी चारै दिशामा फैलिएको थियो। आगलागीको क्षति भने आउन बाँकी रहेको प्रवक्ता मैनालीले बताए।

प्रकाशित: २३ पुष २०७९ ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =