काठमाडौँ- सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार भएको छ। शुक्रबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले कार्यक्रमको मस्यौदा प्रतिवेदन तयार गरेको हो।
सो प्रतिवेदन भोलि (शनिबार) शीर्षस्थ नेताहरूको बैठकमा प्रस्तुत गर्ने कार्यदल सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
सो बैठकले साझा न्यूनतम कार्यक्रम पारित गरेपछि मात्रै सार्वजनिक हुने उनले बताए।
‘जनतालाई परिवर्तन, सुशासन र विकासको अनुभूति हुने गरी कार्यक्रम तय भएका छन्,’ उनले भने, ‘जनतालाई खुसी बनाउने गरी साझा न्यूनतम कार्यक्रम आउँछ।’
प्रकाशित: २२ पुष २०७९ १५:१८
प्रतिक्रिया