![शाली नदीमा स्वस्थानी मेला सुरु [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2023/01/5-1.jpg)
काठमाडौँ- स्वस्थानी व्रत एवं माघस्नान शुक्रबार विधिवत् सुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। यसै अवसरमा काठमाडौँको साँखुस्थित शालीनदीमा भक्तजनको चहलपहल बढेको छ।
शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्ने गर्दछ। प्राचीनकालदेखि लाग्दै आएको मेलामा महिनाभर लाखौँ भक्तजनको उपस्थिति रहन्छ। ब्रतालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ।
प्रकाशित: २२ पुष २०७९ १२:४४
प्रतिक्रिया