काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट गर्दै उक्त अपिल गरेका हुन् ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं ८ मधुवन टारीफाँट नजिकै बिहीबार राति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो। दुर्घटनामा १६ जना घाइते भएका छन्।
प्रकाशित: २२ पुष २०७९ ९:२५
प्रतिक्रिया