भूमि व्यवस्था मन्त्रालयका सचिव रेग्मीले गरे मालपोत कार्यालयको निरीक्षण

हिमाल प्रेस २१ पुष २०७९ २१:२४
6
SHARES
भूमि व्यवस्था मन्त्रालयका सचिव रेग्मीले गरे मालपोत कार्यालयको निरीक्षण काठमाडौँको डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालय अनुगमन गर्दै भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी। फाइल तस्बिर

काठमाडौँ– भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयको दैनिक सेवाप्रवाह तथा अभिलेख व्यवस्थापनबारे आकस्मिक निरीक्षण गरी जानकारी लिएका छन्।

काठमाडौँस्थित डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयलाई सेवा प्रवाहको दृष्टिले संवेदनशील कार्यालयका रूपमा लिने गरिएकाले कार्यालयका प्रमुख रामकृष्ण उप्रेती र कर्मचारीलाई सेवाप्रवाह गुनासोरहित, झन्झटमुक्त र पारदर्शी तवरबाट कार्यसम्पादन गर्न उनले निर्देशन दिए।

भूकम्पले कार्यालयका धेरै भित्ता चर्किएको र सोको तत्काल सुधार गर्न तथा अभिलेख व्यवस्थापनका लागि आवश्यक रकम प्रस्ताव गरी पठाउन उनले सुझाव दिए। डिल्लीबजार मालपोत कार्यालयमा विभिन्न जिल्लाको जग्गाको ऐतिहासिक तथा प्रामाणिक अभिलेख, ऐतिहासिक अभिलेख तथा पुराना रजिस्ट्रेसन अभिलेख गरी १ लाखभन्दा बढी लिखतसहितका कागजात रहेको बताइएको छ।

राष्ट्रिय भूमि आयोगको निरीक्षण गरी काम कारबाहीबारे जानकारी लिँदै भूमि आयोगका सदस्य सचिव विदुर खनालले मन्त्रालय र सरकारको लक्ष्य पूरा गर्न र मन्त्रालयको साख बढाउन प्रतिबद्ध रहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =