काठमाडौँको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियम, अन्य ठाउँको कति?

हिमाल प्रेस १९ पुष २०७९ ९:३६
8
SHARES
काठमाडौँको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियम, अन्य ठाउँको कति? काठमाडौँ उपत्यका।

काठमाडौँ- बिहानैदेखि देशभरको मौसममा आंशिक बदली छ। मध्य तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मंगलबार दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

उनका अनुसार दिउँसो पनि देशैभरको मौसम आंशिक बदली रहनेछ। वर्षाको भने सम्भावना नरहेको उनले बताइन्।

आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियम मापन भएको विभागले जनाएको छ। अधिकतम तापक्रम भने १७.५ डिग्री सेल्सियस छ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री सेल्सियस छ। त्यस्तै डडेल्धुराको न्यूनतम तापक्रम १.८, धनगढीको ४, ताप्लेजुङको ४ डिग्री सेल्सियस छ।

कुन ठाउँको तापक्रम कति ?

प्रकाशित: १९ पुष २०७९ ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =