मलेसियामा २७ नेपाली कामदार बन्धक

हिमाल प्रेस १९ पुष २०७९ ७:१४
4
SHARES
मलेसियामा २७ नेपाली कामदार बन्धक मलेसिया

काठमाडौँ- वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन्। सानेपाको फोरजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर ९२३ भदौ०मा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन्।

म्यानपावरलाई तीनदेखि साढे तीन लाख रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित बाबुराम बास्तोलाले बताए। हन्टेयर्स चिकेन डोल्स नामक सप्लायर्समा काम गर्नेगरी महिनाको एक लाख रुपैयाँ कमाउने प्रलोभन देखाएर आफूहरुसँग पैसा असुले पनि अहिले शारीरिक र मानसिक यातना दिँदा पनि म्यानपावर र एजेन्टले कुनै सहयोग नगरेको पीडितहरुको सामूहिक खिचिएको भिडियोमा भनिएको छ।

‘आएको एक हप्तादेखि नै कम्पनी मालिकले गालीगलौजसहित कुटपिट गरेको छ,’ बाबुराम बास्तोलाले भने, ‘सुरुमा पारिवारिक कारणले सहँदै र गएको र एजेन्टलाई जानकारी गराउँदै गयौं। तर, शारीरिक र मानसिक यातना दिने काम रोकिएको छैन।’

एजेन्टले आफूलाई सहयोग नगरेको र बाटोमै कम्पनी मालिकले आफूहरुमाथि कुटपिट गरेको भिडियोमा बास्तोलाले बताएका छन्। उनीहरुलाई खान बस्न र सुत्ने स्थानको समेत प्रवन्ध नभएको भिडियोमा देखाएका छन्। आफूहरुलाई उद्धार गरेर सहयोग गर्न उनीहरुले आग्रह गरेका छन्।

कम्पनीबाट बाहिर निकाली दिएको उनीहरुले गुनासो गररेका छन्। ‘कम्पनीको गेटबाट बाहिर निकालिदिएको छ। चाइनिज एजेन्टले गाडीमा हालेर अन्कन्टार ठाउँमा बन्द कोठामा थुनिदिएको छ। धुलैधुलो भूइँ भएको कोठामा थुनिदिएको छ,’ पीडित बास्तोलाले भने, ‘हामीलाई उद्धार गरिदिनुहोस्।’

प्रकाशित: १९ पुष २०७९ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =