काठमाडौँ- पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफका विदेश मामिला सल्लाहकार सैयद तारिक फातेमीसँग सोमबार भेटवार्ता गरेका छन्। पछिल्लो समय पाकिस्तानमा त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग भेटघाटमा व्यस्त अधिकारीले फातेमीलाई उनकै निवासमा विभिन्न विषयमा छलफल गरेका हुन्।
पाकिस्तानी राजधानी इस्लामावादमा भएको भेटमा राजदूत अधिकारी र फातेमीबीच दक्षिण एसियाली सहयोग संगठन (सार्क) का विषयमा पनि छलफल भएको थियो। ‘राजदूत अधिकारी र पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार फातेमीबीच सार्कसहित दक्षिण एसियाका विभिन्न विषयमा छलफल भयो। इस्लामावादमा हुने भनिएको सार्क सम्मेलन रोकिएकोमा फातेमीले दुःख व्यक्त गर्नुभयो,’ इस्लामावादस्थित नेपाली राजदूतावासले भनेको छ।
प्रकाशित: १८ पुष २०७९ १९:३४
प्रतिक्रिया