२०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

हिमाल प्रेस १८ पुष २०७९ ७:०२
2
SHARE
२०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य फाइल तस्बिर।

काठमाडौँ- सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सन् २०२२ मा नेपाल घुम्न ६ लाख १४ हजार एकसय ४८ जना पर्यटक आएका थिए। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउन सकिने दाबी गरेका हुन्।

उनले नेपालमा पर्यटक भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले भने, ‘कोभिडका कारण नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको भूमिका ह्वात्तै घटेको छ। विगत ५/६ महिनायता भने पर्यटन क्षेत्रमा सुधार आएको छ। यसको अवस्था सन्तोषजनक छ। यसरी नै पर्यटन क्षेत्रको विकास हुँदै जाने हो भने आगामी सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सकिन्छ।’

सन् २०२१ एक लाख ५० हजार नौसय ६२ जना पर्यटक नेपाल आएका थिए। २०२२ मा नेपाल घुम्न आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक छन्। भारतबाट मात्रै एक वर्षको अवधिमा दुई लाख नौ हजार एकसय पाँच जना पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ।

नेपाल घुम्न आउनेमा भारतीयपछि अमेरिकन नागरिक छन्। अमेरिकाबाट ७७ हजार नौ जना पर्यटक नेपाल घुम्न आए। त्यस्तै तेस्रोमा बेलायती छन्। बेलायतबाट ४४ हजार सातसय ८१ जना पर्यटकले नेपाल घुमेको तथ्यांक छ।

त्यस्तै चौथो धेरै पर्यटक नेपाल आउने देशमा अस्ट्रेलिया छ। यहाँबाट २०२२ भित्र २६ हजार आठसय ७४ जना पर्यटक नेपाल घुम्न आएका छन्। त्यस्तै पाँचौँ धेरै पर्यटक आउने देशमा बंगलादेश छ। बंगलादेशबाट २५ हजार तीनसय ८४ जना पर्यटक नेपाल आएका छन्।

प्रकाशित: १८ पुष २०७९ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast