२१ अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस २६ पुष २०७९ १५:२६ | Tuesday, January 10, 2023
२१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ- मंगलबार सेयर बजारमा तीव्र उतारचढाव देखियो। कारोबार खुलेको १ घण्टा ४० मिनेटसम्म लगातार बढेको बजार त्यसपछि उतारचढावमय रह्यो।

१२ः४० मा २२७७ बिन्दुमा उक्लिएको बजार एक घण्टामै २१८४ बिन्दुमा ओर्लियो। त्यसपछि घटबढ हुँदै अगाडि बढेको नेप्से अन्त्यमा २१९०.४२ बिन्दुमा पुगेर रोकिएको छ।

पुस १० गते नयाँ सरकार गठनसँगै अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आएपछि सेयर बजार लगातार उकालो लागिरहेको छ। १६ दिनको अवधिमा नेप्से परिसूचक १६६ बिन्दुले माथि उक्लिएको छ।

आज कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ। कुल २५४ कम्पनीको २ करोड ८ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार बाराही हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सिंगटी हाइड्रो, विन नेपाल लघुवित्त, खानीखोला हाइड्रो, वरुण हाइड्रोलगायत कम्पनीका लगानीकर्ता आज धेरै कमाउनेको सूचीमा छन्।

प्रकाशित: २६ पुष २०७९ १५:२६ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast