‍होटलमा मृत भेटिए सेनाका जवान

हिमाल प्रेस १० माघ २०७९ १६:५६ | Tuesday, January 24, 2023
‍होटलमा मृत भेटिए सेनाका जवान प्रतीकात्मक तस्बिर।

काठमाडौँ- नेपाली सेनाका एक जवान होटलको कोठामा मृत भेटिएका छन्। ललितपुरको लेलेमा तालिमरत सैनिक जवान विनायक कार्की काठमाडौँको बालाजुको रसुवा गंगाजल गेस्ट हाउसको कोठामा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

कार्की गेस्ट हाउसको १०२ नम्बरको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। तालिम चलिरहँदा उनी दुई दिन बिदा लिएर बसेका थिए।

कार्की आइतबारदेखि नै उक्त गेस्ट हाउसमा बसेका थिए। मंगलबार भने उनी मृत भेटिए। घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढिसकेको महानगरीय परिसर काठमाडौँले जनाएको छ।

प्रकाशित: १० माघ २०७९ १६:५६ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast