हेलिकप्टर दुर्घटनालाई जेलेन्स्कीले भने- दुर्घटना नभई युद्धकै एउटा अंग हो

हिमाल प्रेस ५ माघ २०७९ ९:२७ | Thursday, January 19, 2023
हेलिकप्टर दुर्घटनालाई जेलेन्स्कीले भने- दुर्घटना नभई युद्धकै एउटा अंग हो

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभमा भएको हेलिकोप्टर दुर्घटना, दुर्घटना नभई युद्धकै एउटा अंग भएको बताएका छन्।

हिजो राजधानी किभ नजिक भएको दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री, उपमन्त्री, मन्त्रालयका सचिव, स्थानीय एक पूर्वप्राथमिक विद्यालयका बालबालिका गरेर १४ जनाको मृत्यु भएको थियो। युक्रेनले दुर्घटनाको कारण अहिलेसम्म सार्वजनिक गरेको छैन।

साथै आधिकारिक रूपमा हेलिकोप्टर दुर्घटनामा रुसी हात रहेको पनि बताएको छैन्। तर राष्ट्रपति जेलेन्स्कीले दावोसमा जारी विश्व आर्थिक मञ्च डब्ल्युईएफलाई सम्बोधन गर्ने क्रममा युद्धकालमा दुर्घटना नहुने भन्दै हेलिकोप्टर दुर्घटनालाई युद्धकै भाग भएको बताएका हुन्।

भिडियो सम्बोधनमा जेलेन्स्कीले आफ्ना पश्चिमा सहयोगी देशहरुलाई छिटोभन्दा छिटो हतियारहरु पठाउन अपीलसमेत गरे। कार्यक्रममा नेटो प्रमुखले युक्रेनलाई छिटो मात्र होइन शक्तिशाली र अत्याधुनिक हतियार प्राप्त हुने आश्वासन दिए।

 

प्रकाशित: ५ माघ २०७९ ९:२७ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast