हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष शाही कांग्रेस फर्किए

हिमाल प्रेस ७ माघ २०७९ १८:५२ | Saturday, January 21, 2023
हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष शाही कांग्रेस फर्किए

सुर्खेत– हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदर भई निर्वाचित शाही कांग्रेस प्रवेश गरेका हुन्।

शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रमबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले उनलाई पार्टी प्रवेश गराएका हुन्। उनी गठबन्धनलाई पराजित गरेर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हुन्। उनी स्वतन्त्रबाट चुनाव लड्नुअघि कांग्रेस महासमिति सदस्य एवम् जिल्ला पार्टी सहसचिव थिए।

उनले पार्टी प्रवेश गर्दै अबको राजनीति नेपाली कांग्रेसबाट गर्ने बताए।

प्रकाशित: ७ माघ २०७९ १८:५२ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast