हुण्डाई भेन्यूको नयाँ मोडल सार्वजनिक

हिमाल प्रेस १० माघ २०७९ १३:१० | Tuesday, January 24, 2023
हुण्डाई भेन्यूको नयाँ मोडल सार्वजनिक

काठमाडौँ- नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘नयाँ हुण्डाई भेन्यू’ सार्वजनिक गरेको छ।

नयाँ हुण्डाई भेन्यू कम्प्याक्ट एसयूभीको परिस्कृत मोडल हो। यसमा सेगमेन्टमै पहिलो पटक पछिल्लो भागमा ‘कनेक्टिङ टेल ल्याम्प’ दिइएको छ।

अघिल्लो भागमा रहेको ‘पारामेट्रिक फ्रन्ट डार्क क्रमे ग्रिल’, नयाँ बम्पर र ‘स्कीड प्लेट’सहित स्पोर्टी लुक छ। त्यसका साथै डायमण्ड कट ह्विल्स, एलईडी प्रोजेक्टर ल्याप्प, पडल ल्याप्प, सार्क फिन एन्टेना रुफ रेल दिइएको हुण्डाईले जनाएको छ।

यसमा ड्युल टोन ब्ल्याक ग्रिज इन्टेरियर छ। विस्तारित बुट स्पेससहित ६०ः४० स्पिलिट सिट, कप होल्डर सहितको रियर सेन्टर आर्मेस्ट, दुई रियर एसयूभी चार्जर, टू स्टेप रिक्लिनिङ सिट, ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, कुल्ड ग्लोब बक्सलगायत विशेषता समेटिएको छ।

वायरलेस चार्जर, ड्युल जोन क्लाइमेट कन्ट्रोल एसी, स्मार्ट सनरुफलगायत विशेषता रहेको कम्पनीले जनाएको छ। यसको ग्राउण्ड क्लियरेन्स १९५ एमएम छ।

त्यसका साथै नयाँ भेन्यूमा ड्युल एयरब्याग, रियर पार्किङ असिस्ट क्यामेरा, अटोम्याटिक हेडल्याम्प, टायर प्रेसर मनिटरिङ सिस्टम, हिल असिस्ट कन्ट्रोललगायत प्रिमियम विशेषता रहेको छ।

१.२ लिटर पेट्रोल इन्जिन/१.० टर्वो इन्जिन रहेको भेन्यू ५ स्पिड तथा ७ स्पिड डीसीटीमा उपलब्ध छ। ई, एस, एसएक्स गरी तीन भेरियन्टमा रहेको नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य ३९ लाख ९६ हजार कायम गरिएको छ।

प्रकाशित: १० माघ २०७९ १३:१० | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast